राष्ट्रपतिद्वारा संघीय संसद्को हिउँदे अधिवेशन आव्हान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद्को हिउँदे अधिवेशन आव्हान गर्नुभएको हो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्