नेपालकै पहिलो सहकारीका अध्यक्ष गुरुङ्गको निधन
चितवन । नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ। गुरुङ्गको निधन शारदानगर, भरतपुर-१९ स्थित आफ्नै निवासमा भएको हो।
उहाँले अघिल्लो कार्यकालमा कोषाध्यक्ष र हाल अध्यक्षको भूमिकामा सहकारीको विकासमा अतुलनीय योगदान दिनुभएकाे थियाे।
उहाँ शारदा मावि शारदानगरका पूर्वसल्लाहकार र भरतपुर-१९ स्थित पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारीका सञ्चालक समितिका सदस्यसमेत हुनुहुन्थ्यो।
नेपाली कांग्रेस भरतपुर-१९ का मुख्य सल्लाहकार गुरुङ्ग २०१८ सालमा पञ्चायती शासनको विरुद्धमा लाग्दा निर्वासित भएर भारतको नर्कटियागञ्ज बस्नु भएको थियो। उहां आम माफी प्राप्त गरेपछि २०२५ सालमा नेपाल फर्केर कांग्रेसको सङ्गठन विस्तारमा सक्रिय रहनुभएको थियो।
नेपालमा वि.सं. २०१० मा सहकारी विभागको स्थापना र २० चैत २०१३ मा बखान सहकारी दर्ता भएपछि सहकारिताको अवधारणाले औपचारिकता पाएको थियाे ।
प्रतिक्रिया राख्नुहोस्