तपाईँ सुन्दै हुनुहुन्छः

राखेप उपाध्यक्ष आचार्यको पद बहाली

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पद बहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ समेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गर्नुभयो । 

यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ ।

यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button