भन्सार सम्बन्धी विधेयमाथि सरोकारवालासँग छलफल
काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले भन्सार सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि व्यावसायिक कृषकहरूसँग सुझाव लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा मह उत्पादक किसान शिव पौडेलले नेपाली नेपाली महले बजार पाउन आयातित महमा कम्तीमा ६० प्रतिशत भन्सार कर लगाउने गरी कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो ।
मह उत्पादनका लागि फूल फुल्ने स्थानतिर माहुरी लैजानुपर्ने तर कतिपय पालिकाहरुले प्रवेश निषेध गरेकाले फूल फूलेको ठाउँमा लगेर माहुरी पाल्न नसकिएको बताउँदै मह उत्पादक कृषक पौडेलले चकलेट बनाउन आयात गरिने कोन सिरप र सुगर सिरपलाई पाँच तारे होटलहरुले समेत मह भनेर प्रयोग गर्ने गरेकाले चकलेट उत्पादन गर्न आवश्यकबाहेक त्यस्ता सिरप आयतमा रोका लगाउनुपर्नेमा जोड दिनुभयो ।
समितिको बैठकमा उखु किसानका तर्फबाट रामभवन यादवले उखुकिसानलाई समयमै भुक्तानी दिन नसक्दा चीनलगायतमा आत्मनिर्भर हुन नसकेको आवश्यक बताउनुभयो ।
त्यस्तै अर्का किसान खोजराज कुटुवालले कृषिमा आत्मनिर्भर बनाउन विउविजन देखि कृषि औजार र मल कारखानासमेत नेपालमै सञ्चालन गरिनुपर्ने, बाहिरबाट आयात गरिने कृषि बस्तुमा भन्सार वृद्धि गरिनुपर्ने र कृषि उद्योगका लागि आयातित गरिने कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले नेपाली उत्पादनलाई चिनाउने चिन्हहरूको प्रयोग गरिनुपर्ने, गुणस्तरीय खाद्यवस्तु उत्पादन गरि विक्री वितरण गरिनुपर्ने र आफ्नो भूमिको उत्पादन सस्तो र गुणस्तर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्