तपाईँ सुन्दै हुनुहुन्छः

भिर बाट लडेर बालिकाको मृत्यु 

बाजुरा । बाजुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोट गाउँकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।

 बालिका शनिवार बिहान कैलाश आधारभूत विद्यालय नजिकै रहेको भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । 

लडेर गम्भीर घाइते बालिकाको  स्थानीयले घट्मुना आधारभूत  अस्पतालमा ल्याइएको उपचारकै क्रममा उनको मृत्यु भएको डाक्टर कुश नेपालीले बताउनुभयो।

गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नभएपछि शनिबार नै अस्पतालबाट थप उपचारका लागि धनगढी रिफर गरिएको भए पनि आर्थिक अभावमा परिवारले बाहिर लिन नसक्ने जनाएपछि घट्मुना आधारभूत अस्पतालमै उपचार गरिएको थियो।

भीरबाट करिब १ सय ५० मिटर तल खसेकी बालिकाका बुबा कामको सिलसिलामा भारतमा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button