मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदै
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औँ साधारण अन्तर्गत आज शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन हुदैँछ । बिहान ९ बजेबाट मतदान कार्य सुरु गरिने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिनुभएको छ ।
निर्वाचनमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोदसिंह रानाभाटले अध्यक्ष पदमा आफ्नो आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिनु भएको छ । यस अघि रानाभाट प्यानलबाट ६ जना र अग्रवाल प्यानलबाट एक जना निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
रानाभाट प्यानलबाट उद्योग सचिव रूपकराज दाहाल, एशोसियट सचिव माधव ज्ञवाली, सदस्यहरूमा हेटौँडा औद्योगिक क्षेत्र सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेल, निलम बजगाईँ, मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती निर्विरोध निर्वाचित हुनुभएको छ । अग्रवाल प्यानलबाट भने वाणिज्यतर्फको महिला आरक्षण कोटामा निलम पाण्डे निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।
आजको निर्वाचनमा अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट र अनिल अग्रवाल हुनुहुन्छ । यस्तै महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ) र तेजराज अधिकारी, सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डे हुनु हुन्छ ।
त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली, सदस्यहरूमा भने राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को प्रतिस्पर्धामा रहनु भएको छ ।
त्यस्तै, उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी, महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवाल प्रतिस्पर्धामा उत्रनु भएको छ ।
यसैगरी एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्ज्वल चौलागाई, दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीबीच प्रतिस्पर्धा हुने जनाइएको छ । वस्तुगततर्फको उपाध्यक्षमा भने प्रदीप अर्याल र काव्यमणि अधिकारी आम्ने सामन्ने हुनुहुन्छ । वस्तुगततर्फको सचिवमा भने राजाराम कार्की र नेत्रप्रसाद खतिवडाबीच र एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीबीच प्रतिस्पर्धा रहेको छ । वस्तुगततर्फ कुल २७ मतदाता रहेका छन् । तीन वर्षे कार्यकालकालागि २०९७ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्