तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयताका कारण गाउँ गाउँमा विकासको लहर आएको छ’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुक सङ्घीयतामा गएपछि मुलुकको विकासले गति लिएको दाबी गर्नुभएको छ ।

oplus_2

राष्ट्रिय समाचार समितिको आयोजना तथा मिडिया काउन्सिलको सहयोगमा मधेश प्रदेशमा कार्यरत रहेका समाचारदाताहरूका लागि आयोजित “बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका” विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सङ्घीयताका कारण अहिले गाउँमा सडक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारको विकासमा ठूलो फड्को मारेकाले सङ्घीयता समाप्त गर्न खोजे संविधान नरहने दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले पत्रकारहरूले वातावरणमा परेको नकारात्मक प्रभावको विषयमा कलम चलाएर सबैलाई सजग र सचेत बनाउनुपर्ने बताउनुभयो ।

oplus_2

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय समाचार समितिको समाचारका कन्टेन्टहरू ८० प्रतिशतले विभिन्न मिडियाहरूले प्रयोग गर्ने गरेको बताउँदै राष्ट्रिय समाचार समितिले नयाँ नयाँ कन्टेन्टहरू थपेर शत प्रतिशत पुर्‍याउने गरि काम गरिरहेको बताउनुभयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, सिकेन्द्र पासवान, महासङ्घका प्रदेश महासचिव शैलेन्द्र महतो र धनुषाका अध्यक्ष पुरन साहले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button