चिसो बढ्दै गएपछि कोहलपुरका विद्यालय बन्द
बाँके । चिसो बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका पेशागत घटकहरूसँग बुधबार बसेको बैठकले यो निर्णय गरेको हो।
शिक्षा शाखाका अनुसार पुस २६ गतेदेखि २९ गतेसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द रहने छन्।
बैठकले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै पुस २५ गते विद्यालयहरूले बालबालिकालाई गृहकार्य उपलब्ध गराउने र चिसोबाट सुरक्षित रहन आवश्यक जानकारी दिने र २६ गतेदेखि २९ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अभिभावक र शिक्षकहरूलाई सचेत रहन आग्रह गरेको छ। नगरपालिकाले यो अवधिमा बालबालिकालाई न्यानो लुगा लगाउन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
प्रतिक्रिया राख्नुहोस्