तपाईँ सुन्दै हुनुहुन्छः

शक्तिखोर औद्योगिक क्षेत्र छिट्टै सञ्चालनमा आउँछ : मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शक्तिखोर औद्योगिक क्षेत्र छिट्टै सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभएको छ । 

नारायणी नदी किनारमा आजबाट सुरु भएको १५ औँ चितवन महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले केही कानुनी जटिलताहरूको छिट्टै समाधान गरि  शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने बताउनुभयो ।

“यो औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा छ, वन र पर्यावरण नजिक भनेर केही जटिलताहरू देखिएका छन् यसको हामी छिट्टै समाधान गर्छौ । ” उहाँले भन्नुभयो । 

उहाँले सरकार ७ प्रदेशमा ७ औद्योगिक क्षेत्र स्थापनाको तयारीमा रहेको पनि बताउनुभएको छ ।  मन्त्री भण्डारीले सरकारले लगानी मैत्री वातावरण बनाएको हुँदा उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button