लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारी जानकारी दिनुभयाे ।
रास्वपा सभापति लामिछानेलगायत ४४ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो मागदावीसहित जिल्ला अदालत कास्कीमा अभियोजन पत्र दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा केही दिनदेखि थुनछेक बहस चलिरहेको थियो ।
लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, लिला पछाईं, मीना गुरुङलगायत ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्