तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस दिने तयारी

जुम्ला । जुम्लामा अनलाइनबाट नागरिकताको सिफारिस दिने तयारी गर्न थालिएको छ । यहाँका धेरैजसो वडामा बिजुली र इन्टरनेटको पहुँचमा भएकाले अनलाइनबाट नागरिकता सिफारिस दिने तयारी गरिएको हो ।

जुम्लामा ८ स्थानीय तहका ६० वडा रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भएको छ । उहाँले भन्नुभयो, “अब पुस २८ गते स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग पनि यही विषयमा छलफल गर्दैछौँ । यसले नागरिकले छिटो छरितो सेवा पाउने छन् ।”

गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन सिस्टमबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । वडामा सिस्टममा जन्ममिति अपलोड गरेर सिधैँ प्रशासनको सिस्टममा सिफारिस आउने हुन्छ ।”

प्रमुख प्रशासकीय अधिकृतको बैठकपछि एक हप्ता कर्मचारीलाई तालिमको प्रदान गर्नेछौँ । माघ महिनादेखि अनलाइनबाट नागरिकताको सिफारिस उपलब्ध हुने व्यवस्थापन गर्दैछौँ।”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button