तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गर्नुभएको छ ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरु बीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिनुभएको थियो ।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button