सल्यानमा दिदीबहिनी मृत फेला
सल्यान । सल्यानमा दिदीबहिनी आफ्नै घरमा मृत फेला परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–११ गलगोलका अन्दाजी ३ वर्षीया करिष्मा राना र ६ महिनाकी रागवि राना बुधबार दिउँसो घरमा मृत फेला परेका हुन ।
स्वास्थ्यमा कुनै समस्या नभएका दिदीबहिनीको मृत्यु शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटना शङ्कास्पद भएकाले आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिनुभयो ।
बुवा कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्