तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी मावि परिगाँउलाई

डडेल्धुरा । परशुराम नगरपालिकाको १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ ।

वडा नं. ५ को रिमोट गाउँ महाकाली नदी किनारमा अवस्थित भुवनेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्यपदक जित्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै भुवनेश्वरी नमुना माविले नगद ३५ हजार रुपियाँ पनि हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटाल ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ कांस्य पद जित्दै सिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार करकट्टी गरी क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्ग मैदानमा भएको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक बोहराले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा परशुराम नगरपालिकाका सामुदायिक र संस्थागत गरी १७ वटा माविहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिब ९ सय बढी छात्र, छात्रा सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button