तपाईँ सुन्दै हुनुहुन्छः

राज्यका हरेक निकायमा थारु समुदायको १४ प्रतिशत सुनिश्चित गरेका छौँ : मुख्यमन्त्री 

दाङ । दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गर्नु भएको हो ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनु भएको छ । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसङ्ख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको र निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयो ।

प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौँ उहाँले भन्नुभयो, थारु समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको छ । युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि अघि बढ्न जरुरी छ । मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारु लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउनेगरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

छिट्टै एेन निर्माण गरेर सरकारी कामकाजको भाषाको रुपमा सम्बोधन गर्छौ उहाँले भन्नुभयो, थारु समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकोको छ । थारु समुदायको कला, संस्कृतिको प्रवर्द्धन गर्न थारु सङ्ग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोग गरेको जानकारी दिनुभयो ।

थारु कल्याणकारीकणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले  माघ सांस्कृतिक महोत्सव  माघ सांस्कृतिक महोत्सव आयोजना गरेको हो । पुसको २० गतेसम्म महोत्सव चल्ने छ ।

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।

आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो योगदान भन्ने मुख्य नारा सहित माघ महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button