हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित
पर्सा । लगातार चिसो हावा एवम् अत्यधिक हुस्सु र कुहिरोका कारण पर्साको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहान देखि वीरगन्जमा लागेको बाक्लो कुहिरोले जनजीवन प्रभावित बनेको हो ।
बिहानको समयमा सवारीको चाप घटेको छ भने सडकमा बिहानी व्यायामका लागि निस्कने बटुवाको सङ्ख्यामा पनि कमी आएको छ । । यता कुहिरो एवं बढेको जाडोलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको विभिन्न स्थानमा दाउरा वितरण कार्य सुरु गरेको छ ।
नारायणी अस्पताल,नयाँ बसपार्क एरिया,घण्टाघर चौक, माईस्थान, मुर्लि चौक, पावर हाउस चौक, मालपोत चौक, श्रीराम हल चौक, महावीर मन्दिर लगायतको ठाउँहरूमा दाउरा उपलब्ध गराएको छ ।
सर्वसाधारण एवं बटुवाहरू र बिरामीका कुरुवाहरू समेतमा बालेको आगोले महसुस गरेको देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्