तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशसभा सचिवालयले शीतकालीन बैठकको तयारी गर्दै   

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक पुस २३ गते मङ्गलवार बस्ने भएपछि प्रदेश सभा बैठकको तयारी शुरु भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष बैठकका लागि सिफारिस गरेपछि प्रदेश सभा सचिवालयले बैठकका लागि तयारी थालेको छ । 

प्रदेश सभा सचिवालयले बैठक कक्षको सरसफाई, कुर्सीको व्यवस्थापन, साउण्ड तथा माइकको व्यवस्थापनमा लागेको प्रदेश सभाका प्राविधिक अधिकृत ईन्द्र कुमार वहरखेलले जानकारी दिनु भएको हो । 

पछिल्लो समयमा प्रदेश सभामा पाँच देखि सात जना पत्रकारहरूलाई पनि बस्नका लागि कुर्सीको व्यवस्था गरिइएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनु भएको छ । उहाँले पत्रकारहरूलाई कोरोना महामारीपछि रिपोर्टिङ गर्नका लागि ठाउँ नपुगेपछि अहिले आएर बस्नका लागि व्यवस्था मिलाइएकाले प्रत्यक्ष रुपमा समाचार सङ्कलनका लागि आग्रह पनि गर्नु भयो ।  

लामो समयपछि प्रदेश सभाको बैठक हुन लागेको छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस नदिएका कारणले बैठक स्थगित भएका थिए । 

शीतकालीन अधिवेशनको रुपमा हुन लागेको प्रदेश सभाको बैठकबाट प्रदेश सरकारले विभिन्न ऐन कानुनहरू निर्माण गरेको र गर्ने क्रममा रहेकाले पारित गराउने तयारीमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button