बाल गायक सचिन परियारको निधन

काठमाडौँ । चर्चित बाल गायक सचिन परियारको आज उपचारको क्रममा निधन भएको छ ।
त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्