प्रथम सुदूरपश्चिम मेयर सम्मेलन सम्पन्न
डडेल्धुरा । डडेल्धुरामा सञ्चालित प्रथम सुदूरपश्चिम मेयर सम्मेलन सम्पन्न भएको छ ।

परशुराम नगरपालिकाको आयोजनामा सोमबार देखि सञ्चालित सम्मेलन सम्पन्न भएको हो । परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीले १० बुँदे घोषणापत्र जारी गर्दै प्रथम सुदूरपश्चिम मेयर सम्मेलन समापन भएको बताउनुभयो ।
सुदूरपश्चिमको दिगो विकास तथा समतामुलक विकासका लागि साझा विषय तयार पार्ने, स्थानीय तह सञ्चालन ऐनले स्थानीय तहलाई दिइएका अधिकारको व्यवस्था तथा तीनै तहका सरकार बिचको पारस्परिक सम्बन्ध स्थापना गर्ने लगायत समग्र सुदूरपश्चिमको जनजीवन र जनजीविकाका सवाल घोषणापत्रमा उल्लेख गरिएको नगर प्रमुख जोशीले बताउनुभयो ।
साथै उहाँले सम्मेलनमा उठेका मुद्धाहरुको पैरवी गर्ने र यसमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त सम्मेलनमा ४० स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो । प्रदेशमा ८८ वटा स्थानीय तह रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्