लम्किचुहाका अति विपन्न परिवारका लागि आवास निर्माण
कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाले आफ्ना अति विपन्न नागरिकहरूका लागी आवास निर्माण गरिदिएको छ ।
गरिबीका कारण फुसको चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्क सँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएका छन् ।
नगरप्रमुख जनता आवास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका ५ घर निर्माण भएका लम्कीचुहा नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्