सुदूरपश्चिममा आज पुसे पन्ध्र पर्व मनाइँदै

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । पुस पन्ध्रको रात सबैभन्दा ठुलो रात हुनेभएकोले ठुली रात अथवा पन्नरकी रातले याे पर्व प्रचलित छ । आजकाे रात तरुल, फर्सी, पिँडालु, सखरखण्ड, सेल रोटी, भक्केराेटी, माणा, बाबर, पुरी जस्ता मिठा मिठा परिकार मनाएर खाइन्छ । रातको समयमा आगो तापेर बाती हाल्दै पन्ध्रको रात कटाउने प्रचलन छ ।

पुस पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परापूर्वकालदेखि रहेकाे डाेटी जिल्ला सदरमुकाम बासी ७८ वर्षीय प्रेमलाल महतले बताउनुभयो ।

यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने बिस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ ।









प्रतिक्रिया राख्नुहोस्