पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा ५ हजार पर्यटकले हर्ट एयर बेलुन उडान गरे
पोखरा ।सुन्दर नगरी पोखरामा जारी बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा ५ हजार पर्यटकले हर्ट एयर बेलुन उडान भएको छ । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा जारी उक्त महोत्सवको एक सातामा ५ हजार पर्यटकहरूले हर्ट एयर बेलुन उडान गरेको बेलुन नेपालले जनाएको छ ।
फेवाफाँटमा हुने बेलुन उडानको न्यूनतम ८ देखि १० मिनेट बेलुनमा उडान गरेको प्रति व्यक्ति २ हजार रुपैयाँ शुल्क लिने गरेको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । उक्त महोत्सवको बेलुन उडान मुख्य आकर्षणको रुपमा रहेको बताउँदै उहाँले बिहान लौरुकबाट करिब ३० देखि ४० मिनेट उडान गरेको ११ हजार शुल्क लाग्ने भए पनि दिउँसो देखि साँझ सम्म फेवाफाँटमा उक्त सस्तो प्याकेजमा धेरै पर्यटकहरूलाई बेलुनमा उडेको मनोरञ्जन दिन उक्त प्याकेज ल्याएको जनाउनु भयो ।
पोखराको आकाशमा १५ देशका एकै पटकमा १७ वटा हर्ट एयर बेलुन यही पुष ९ गते देखि उड्न सुरु भएको छ । यही पुष १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा हालसम्म करिब ५ हजार जनाले बेलुनमा उडेको प्रा.लि.ले जनाएको छ । फेवाफाँटमा भने विभिन्न खानाका स्टल सहितको सहुलियत मूल्यमा बेलुन उडान तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन भएको कार्यक्रम संयोजक सविन महर्जनले बताउनु भयो । अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन एउटा इट्टा थप्ने उहाँले बताउनु भयो ।
पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी हुने भएको आयोजकले जनाएको छ । बि. वाई.डी. को मुख्य: प्रायोजनमा हुने महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवर्द्धकमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्