तपाईँ सुन्दै हुनुहुन्छः

मिल्क एनलाईजर मर्मत सम्भार तालिम

चितवन । वाग्मती प्रदेश दुग्ध विकास बोर्ड का उपाध्यक्ष हरि प्रसाद पौडेलले प्रदेशको १३ वटै जिल्लामा भएका किसानका समस्याको अध्ययन भइरहेको बत्ताउनुभएको छ ।

उहाँले अध्ययन पश्चात् दूधमा भएको बेथितिलाई सहज हुने गरि कार्यक्रम ल्याउने बत्ताउनुभयो । भरतपुरमा भएको मिल्क एनलाईजर मर्मत सम्भार तालिम सम्पन्न कार्यक्रम बोल्दै उहाँले यस्तो बत्ताउनुभएको हो । साथै तालिमले प्राविधिक बढाउन मद्दत गर्ने भएकाले अझै उच्चस्तरको तालिम माग गर्न आग्रह गर्नुभएको छ । 

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय दुग्ध बिकास बोर्ड कार्यकारी निर्देशक राजेन्द्र यादवले अहिले तालिम लिएका व्यक्तिहरूलाई १५–२० दिनको तालिम फेरी दिएर दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो  ।  यस्तै उहाँले किसानको दूधको भुक्तानी समयमा दिनुपर्ने आवाज उठाउन वोर्डले नछोड्ने बत्ताउनुभएको छ । फागुनपछि हरेक १५–१५ दिनमा किसानको भुक्तानी हुने उहाँको दाबी छ । “२०७६ अघि हरेक १५–१५ दिनमा भुक्तानी हुने गर्दथ्यो त्यसपछि कोभिड र गाईभैसीमा देखिएको रोगहरूले गर्दा पनि अप्ठेरो स्थिति आएको हो अब फागुनपछि भुक्तानी समयमा हुन्छ उहाँले भन्नुभयो । यस्तै मन्त्रालयले किसानको ६० करोड भुक्तानी दिएको र बाँकी रहेको रकम पनि छिट्टै  दिने सहमति भएको जानकारी दिनुभयो ” ।

 कार्यक्रमका अध्यक्षता गर्नुभएका चितवन जिल्ला दुग्ध उत्पादक  सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले चितवनमा दैनिक साढे ३ लाख लिटर दूध उत्पादन हुने गरेको र डेढ लाख लिटर बराबर चितवन बाहिर जाने गरेको बत्ताउनुभयो । 

पुस ९ गतेबाट सुरु भएको मिल्क एनलाईजर मर्मत सम्भार आज सकिएको हो । ५ दिनमा ३५ जनाले तालिम लिएका छन् । विभिन्न सहकारी र डेरीका प्रतिनिधिहरूले तालिम लिएका थिए । 

तालिममा सहभागीहरूले एनालाईजरमा आएका सानातिना समस्या सुल्झाउन सक्ने बनेको बत्ताएका छन् । साथै तालिमले दूधमा के कस्ता तत्त्वहरू हुन्छ, दाना चोकर कसरी खुवाउने, किसानका सानातिना समस्या कसरी समाधान गर्ने सिकाएको पनि प्रशिक्षार्थीहरुले बत्ताएका छन् । 

तालिमका प्रशिक्षक हेक्जर ईलेक्ट्रोनिकका  नारायण पौडेलले यस्ता तालिमले सहकारी,डेरी र किसानको विशवसनियतामा सहयोग पुर्‍याउने आशा व्यक्त गर्नुभयो ।

तालिम पश्चात् ३५ जना प्रशिक्षार्थीहरूको परीक्षा समेत भएको थियो । १०० पुणाङक आधार बनाई लिगेको परीक्षामा ९२ अङ्क ल्याई नव कृषक दुग्ध उत्पादक सहकारी संस्थाकी शान्ती थापा प्रथम हुनुभयो । यस्तै ८७ अङ्क ल्याई नवउज्जवल धारा सहकारीका सञ्जीव पौडेल दोस्रो र ८६ अङ्क ल्याई शाान्ती कुञ्ज दुग्ध उत्पादक सहकारी संस्थाकी वविता बगाले तेस्रो हुनुभएको छ ।

 समापन कार्यक्रमको सहजिकरण चितवन जिल्ला दुग्ध उत्पादक  सहकारी संस्थाका कल्याण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button