तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी जिल्लामा क्रिकेट प्रतियोगिता हुने

गुल्मी । गुल्मी जिल्लामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

खुकुरी युथ क्लब तम्घास गुल्मीको आयोजनामा पुस १६ गतेदेखि २० गतेसम्म प्रथम खुकुरी क्रिकेट कप २०८१ हुन लागेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा गुल्मी जिल्ला अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका सचिव निशान टण्डनले बताउनुभयो । क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रथम खुकुरी क्रिकेट कप हुन लागेको हो ।

पाँच दिनसम्म चिदिचौर खेल मैदानमा चल्ने प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाउने क्लबका सचिव टण्डनले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले २२हजार २२२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् ।

द्धितिय हुने प्रतियोगीले ११ हजार १११ रुपैयाँ पाउने सचिव टण्डनले बताउनुभयो । खेल आइसिसीका नियम अनुसार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button