तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् निर्यात गर्न सहज हुने कानून आवश्यक : सांसदहरु

काठमाडौँ । संसद्को पूर्वाधार विकास समितिमा आज पनि  विद्युत् विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल भएको छ । 

समितिको आज बसेको बैठकमा सांसदहरुले नेपाल जलविद्युतमा धनी मुलुक भएकाले त्यसको पर्याप्त सदुपयोग गर्न विद्युत् उत्पादनलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेपालको अर्थतन्त्रको मूल स्रोतका रुपमा रहन सक्ने जलविद्युत आयोजनाहरू निर्माण गरिँदा निजी क्षेत्रलाई थप ढोका खुल्ला गर्नुपर्ने विचार सांसदहरुले व्यक्त गर्नुभयो । 

सांसदहरुले नेपालले चीन भारत बङ्गलादेशसँगै अन्य मुलुकमा समेत विद्युत् निर्यात गर्न सक्ने आधार भएकाले विद्युत् उत्पादनलाई कानूनी रुपमा सहज बनाउने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button