तपाईँ सुन्दै हुनुहुन्छः

नमुना काम गर्दै दुर्गमको सहकारी

मुगु । पछिल्लो समयमा  देशमा सहकारी प्रति वितृष्णा जागिरहेको सन्दर्भमा  मुगुमा  भने   छाँयानाथ बचत तथा ऋण सहकारी संस्था जिल्लाकै एक  नमुना सहकारीको रूपमा मौलाएको छ ।

यस छायाँनाथ सहकारीले जिल्लामा छोटो समयमा नमुना काम गर्दै आएको छ। २०७१ सालमा ४१ जना सदस्यबाट सुरु भएको यो संस्था आज ११ हजार,२ सय ३५ शेयर सदस्य र २५ करोड बढी सम्पत्ति सहित जिल्लाकै  एक प्रमुख सहकारी बन्न सफल भएको छ । हाल ऋण असुली दर : ९९ प्रतिशत  रहेको  छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपेन्द्रबहादुर  मल्लले बताउनुभयो ।  

संस्थाले सुत्केरी भत्तादेखि मृत्यु संस्कार सहयोग सम्मका सेवा उपलब्ध गराउँदै आएको छ। एम्बुलेन्स सेवामा ५०५ छुट, बोर्डिङ शुल्कमा २५५ छुट, र प्राणघातक रोगमा २ लाख सम्म बिना ब्याज ऋण , बचत कर्ताका  बाल बच्चाको  जन्म दिनमा रू ५ सय सहयोग गर्दै आएको  अध्यक्ष मल्लको थप भनाई थियो ।

छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाको दशौँ साधारण सभामा  बोल्दै  अध्यक्ष मल्लले सहकारीले २०८८ साल सम्म सदस्य सङ्ख्या दोब्बर गर्दै कुल पुँजी ४५ करोड पुर्‍याउने लक्ष्य लिएको र, उत्पादनको बजारीकरणका लागि ५ वटा ग्रिन सप सञ्चालन  ग्रामीण क्षेत्रमा ‘इको भिलेज’ विकास गर्ने योजनासमेत रहेको  धारणा राख्नुभयो । 

मुगाली युवा  तथा दूर दराजका महिलाहरूको आयआर्जन ,क्षमता विकास, सामासिक परिचालनका लागि  सहयोगी साबित भएको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button