तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा २ हजार ९ सय घरधुरीमा बिद्युत् पुर्‍याउन बाँकी 

पोखरा । गण्डकी प्रदेशमा २ हजार ९ सय ८१ घर धुरीमा बिद्युतको पहुँच पुर्‍याउन बाँकी रहेको छ । प्रदेशमा उक्त घर धुरीमा बिद्युत् पहुँच पुर्‍याएसँगै गण्डकी प्रदेशले शतप्रतिशत बिद्युत् पहुँच पुगेको प्रदेश घोषणा गर्ने भएको छ । 

चालु आर्थिक बर्ष २०८१/०८२ मा प्रदेशका सबै घर धुरीमा बिद्युत् पहुँच पुर्‍याउने गरी सरकारले कामलाई अघि बढाएको गण्डकी प्रदेशको ऊर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयका सूचना अधिकारी नवीन अर्यालले बताउनु भयो । उहाँका अनुसार अब ०.४५ प्रतिशतले अर्थात् २ हजार ९ सय ८१ घर धुरीमा बिद्युतको पहुँच पुर्‍याउनु पर्ने अवस्था रहेको छ ।

गण्डकी प्रदेश सरकार स्थापना भएको ७ बर्ष पूरा हुँदै गर्दा ९९.५५ प्रतिशत प्रदेशको घर धुरीमा बिद्युतको पहुँच पुगेको सूचना अधिकारी अर्यालले जनाउनु भयो । प्रदेश सरकार स्थापना हुनु पूर्व ८२.२ प्रतिशत बिद्युत् पहुँच पुगेको यस प्रदेशमा ७ वर्षको अवधिमा १७.३ प्रतिशत प्रगति भई घर धुरीमा बिद्युतको पहुँच पुगेसँगै हाल ९९.५५ प्रतिशत घर धुरीमा बिद्युतको पहुँच पुगेको गण्डकी प्रदेशको ऊर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । 

प्रदेशका ६ लाख ६२ हजार ४ सय ८० घरधुरी मध्ये ९९.५५ प्रतिशत अर्थात् ६ लाख ५९ हजार ४ सय ९८ घर धुरीमा बिद्युत् जडान भएको सूचना अधिकारी अर्यालले बताउनु भयो । ७ वर्षको अवधिमा प्रदेशमा १७.३ प्रतिशतले १ लाख १४ हजार ६ सय ९ घर धुरीमा बिद्युतको पहुँच पुगेको उहाँले जनाउनु भयो । यद्यपि यसमा नेपाल बिद्युत् प्राधिकरणले समेत केही ठाउँमा गर्दै छ । केही योजनाहरू जारी रहेकोले अब करिब २ हजार ५ सय घर धुरीमा बिद्युत् पहुँच पुर्‍याउन बाँकी रहेको सूचना अधिकारी अर्यालले उल्लेख गर्नु भयो । 

तनहुँको देवघाटमा भने नेपाल बिद्युत् प्राधिकरण आफैले यस वर्ष सक्ने लक्ष्य अनुरुप ३ सय घर धुरीमा बिद्युत् पहुँच पुर्‍याउने अभियानमा रहेको छ । बागलुङको निशेलढोरमा २ सय ८० घर धुरी मा बिद्युत् पहुँच पुर्‍याउने काम सुरु भएको छ । त्यसै गरी ४ सय ६० घर धुरी मा बौदिकालि, गोर्खाको चुमनुब्री लगायतमा लघु जलविद्युत तथा घरेलु सोलार जडान भएको सूचना अधिकारी अर्यालले जनाउनु भयो । प्रदेशमा राष्ट्रिय प्रसारण लाइन तथा लघु जलविद्युत एवं सोलार ऊर्जाबाट ९९.५५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button