एनपीएल फाइनल: सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग ‘एनपिएल’को शनिबार भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका खेलाडीबीचको खेलमा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी।तस्बिरः प्रदीप राज वन्त/रासस
सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए ।

ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिएका थिए।









प्रतिक्रिया राख्नुहोस्