परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुग्नुभएको छ ।
उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो । उहाँले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल(भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ ।
त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ । उहाँ आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्