बराहक्षेत्रमा निःशुल्क आँखा जाँच शिविर : १ सय २९ बिरामीले लिए सेवा
सुनसरी । बराहक्षेत्र नगरपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । रामलाल गोल्छा आँखा अस्पताल विराटनगर सँग सहकार्य गरेर नगरपालिकाले वडा नं. १ र २ लाई लक्षित गरी उक्त शिविर आयोजना गरेको हो ।
नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय २९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३३ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।
उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि २५ जनालाई अस्पताल लगिएको छ । बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिनुभयो ।
शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
नगरपालिकाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्