मर्मत नभएको झोलुङ्गे पुलको सहारा लिएर जोखिमपूर्ण यात्रा
गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ जोड्ने धावादीघाटको झोलुङ्गे पुल असोज महिनाको ११ र १२ गते त्रिशूली नदिमा आएको बाढीले आउजाउ गर्न नमिल्ने गरी बिगार्यो ।
पुलबाट वारपार गर्न नमिल्ने भएपछि दुइवटै गाउँपालिका मिलेर कार्तिक महिनादेखि डुङ्गा भाडामा लिएर मानिसहरूलाई नदिबाट वारपार गराउँदै आएका छन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म डुङ्गाबाट आउजाउ हुन्छ । त्यस भन्दा अगाडि वा पछाडि आउने मानिसहरू मर्मत नभएको झोलुङ्गे पुलको सहारा लिएर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
पालिकामा पुल मर्मत गर्न सक्ने जनशक्ति नभएको सस्पेन्सन ब्रिज डिभिजनलाई पठाइदिन अनुरोध गर्दा बजेट नभएकोले अर्कोसालका लागि निर्माण गर्ने वचन पाएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो ।
दैनिक रुपमा कार्यालय जाने कर्मचारी, विद्यालय जाने विद्यार्थी, तरकारी र दूध लिएर बजार जाने, दैनिक आउजाउ गर्ने मानिसहरूका लागि अत्यन्त असहज भएको तिमिल्सिनालेको भनाइ छ । पटक पटक अनुरोध गर्दा समेत पुल निर्माण हुन नसकेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्