तपाईँ सुन्दै हुनुहुन्छः

अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे 

बाजुरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ।

गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरि विकास गर्न सरकार गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो ।

मङ्गलवार बिहान जिल्ला प्रशासन कार्यालय बाजुरास्थित सरकारी कार्यालयका प्रमुखसँग गरिएको औपचारिक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले समग्र जिल्लाको विकासका सन्दर्भमा कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेकाले निर्धक्क भई सकारात्मक भूमिका निभाउन कर्मचारीलाई आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button