तपाईँ सुन्दै हुनुहुन्छः

तिलगंगा विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल 

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा विश्वविद्यालय विधेयकमाथि आज सैद्धान्तिक छलफल भएको छ ।  

संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा विश्वविद्यालयलाई प्राज्ञिक निकायका रुपमा परिकल्पना गरेर ऐन अघि बढाइएको जानकारी दिनुभयो । 

मन्त्री भट्टराईले देशमा मात्रै नभइ विश्वमै आँखा उपचारको नमुना संस्था कहलिएको तिलगंगा अस्पताललाई बोर्ड अफ ट्रस्टी मोडलमा आँखाको उपचारसँगै उच्च शिक्षा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गरी विश्वविद्यालय विधेयक परिकल्पना गरिएको जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरु भगवती न्यौपाने, डाक्टर बेदुराम भुषाल, पदमबहादुर परियार,मदनकुमारी शाह, सुरेश आलेमगर र विष्णुबहादुर विश्वकर्मालगायतले नेपालमा गुणस्तरीय आँखा उपचार सेवासँगै अध्ययन अध्यापन गर्न विधेयक महत्वपूर्ण हुने बताउँदै छलफल अघि बढाउनुपर्नेमा जोड दिनुभयाे

प्रतिक्रिया राख्नुहोस्

Back to top button