गण्डकी प्रदेश अन्तर पालिकास्तरिय खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता मङ्गलवारदेखि पोखरामा हुने

पोखरा । प्रथम अन्नपूर्ण अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिकास्तरिय खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २०८१ यही मङ्सिर २५ गते (मङ्गलवार) देखि पोखरामा हुने भएको छ । अन्नपूर्ण गाउँपालिका बास्केटबल संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ १२ टिम र महिला तर्फ भने ६ टिमको सहभागिता हुने भएको संघका अध्यक्ष कृपाश्वर गुरुङले बताउनु भयो । प्रतियोगितामा विजेता टिमले पुरुष तर्फ १ लाख १५ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । उपविजेतालाई ७० हजार र तेस्रो हुनेलाई ३० हजार र सेमिफाइनलका दुई टिमलाई भने जनही २० हजार प्रदान गरिने भएको छ ।
महिला तर्फ भने विजेतालाई ३० हजार, उपबिजेतालाई १५ हजार साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताले बास्केटबल खेलकुदको बिकास हुने खेलकुदकर्मी अमृत गुरुङले बताउनु भयो ।
ग्रामीण क्षेत्रमा खेलकुदको बिकास गर्ने, सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । अन्नपूर्ण गाउँपालिकाको मुख्य सहयोग हुने प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा ५ जिल्लाका विभिन्न पालिकाबाट टिम सहभागी हुने भएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्