तपाईँ सुन्दै हुनुहुन्छः

दुईछोरा सहित आमा झुन्डिएको अवस्थामा मृत फेला

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरा सहित आमा मृत अवस्थामा भेट्टिएका छन् ।

आज बिहान आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, उनको पाँच वर्षीय छोरा रोशन घले र तीन वर्षको छोरा रोमन झुन्डिएको अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

वहाँका अनुसार घटनास्थलमा प्रहरी चौकी किस्पाङको टोली पुगेको छ भने घटनाको सम्बन्धमा जिल्लाबाट प्रहरी प्रमुख सहितको टोली जाँदै छ ।

घटना आज बिहान १० बजेतिर भएको हुनसक्ने स्थानीयले बताएका छन् । चन्दीमायाको श्रीमान् रेसबहादुर घले घरमाथी रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा बच्चाहरू ठूलो स्वरले कराएको सुनेका स्थानीयले केही समयपछि उक्त घरमा पुग्दा भित्रबाट आग्लो लगाएको पाएसँगै ढोका खोलेर हेर्दा घटना भइसकेको जानकारी प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button