एनपीएल: कर्णाली याक्सकाे पहिलो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत कर्णाली याक्सले पहिलो जीत हाँसील गरेको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हाँसील गरेको हाे ।
टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।
कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए । यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाउनुभयो ।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिनुभयो । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अर्को खेल भइरहेको छ । लुम्बिनीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ
प्रतिक्रिया राख्नुहोस्