स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई इकाइ गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई इकाइ गठन गरेको छ ।
उक्त इकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालय र मातहत निकायहरूको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाई गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त इकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गर्नुभएको थियो । इकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्