तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा अयोध्याबाट आएका जन्तीको मधेश भवनमा सम्मान 

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको अयोध्याबाट आएको जन्तीलाई मधेश भवनमा स्वागत सहित आज दिवा भोजन गरेर सम्मान गर्नु भएको छ । 

मुख्यमन्त्री सिंहले भारतको अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा आएको पाँचसय सङ्ख्याका जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गर्नु भएको हो । 

मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विवाह पञ्चमी महामहोत्सवले नेपाल भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा पनि प्रगाढ बनाउने काम गरेको बताउनु भयो । 

oplus_2

उहाँले त्रेतायुगको झझल्को दिने गरि पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ति आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । 

भारतको अयोध्याबाट जन्तीको नेतृत्व गरि आउनु भएका रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायले विवाह पञ्चमी महोत्सवले नेपाल भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने गरेको बताउनु भयो ।

अयोध्या नगर निगमका महापौर गिरीश त्रिपाठीले विवाह पञ्चमी महोत्सवले नेपाल भारतको संस्कृति, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनु भयो ।  

मधेश प्रदेश भवनमा आयोजना गरिइएको दिवा भोजनमा सहभागी भएका सबै जन्तीहरूलाई मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिल अलि मियाले सबै जन्तीलाई कम्बल वितरण गर्नु भएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button