तपाईँ सुन्दै हुनुहुन्छः

आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु

पोखरा । पोखराको भण्डारढिकमा आउँदो शनिबार देखि २५ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८१ सुरु हुने भएको छ । शनिबार हुने उद्घाटन खेलमा आयोजक: आर्दश युवा क्लब र एन्फा तनहुँ बिच हुने तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

कोभिडले प्रभावित भई ६ बर्ष पछि हुन लागेको उक्त प्रतियोगितामा तीन विभाग सहित ८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार ५ सय २५ रुपैयाँ र मेडल प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २५ हजार, त्यसै गरी विभिन्न विधागत सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्टाइकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । 

प्रतियोगितामा खेल अवलोकन गरेको अन्य दिनमा १ सय फाइनल खेलमा प्रति दर्शक १ सय ५० रुपैयाँ शुल्क तोकिएको पूर्व अध्यक्ष विजय गुरुङले बताउनु भयो । प्रत्येक टिकटमा एनसेलको सिमकार्ड निःशुल्क उपलब्ध गराइने भएको छ भने हरेक टिकट खरिद गर्दा यार्साटेक प्रा.लि.ले बिक्री गर्ने सामानमा ३ सय नगद छुट दिने भएको छ । प्रत्येक टिकट बिक्रीको १५ रुपैयाँ क्लबले लेखनाथ पत्रकार मञ्चलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने भएको छ । ८ दिन चल्ने प्रतियोगितामा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ ।  

क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार आइतबार दोस्रो खेल नेपाल आर्मीको सिद्धिदल गण र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय बीच हुने भएको हो । मङ्सिर २४ गते भने कास्की ११ र एन्फा स्याङ्जा बीच खेल हुने भएको छ भने अर्को खेल मङ्सिर २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोर्खा बिच खेल हुने भएको हो । मङ्सिर २६ गते पहिलो सेमिफाइनल र २७ गते 

दोस्रो सेमिफाइनल खेल हुने भएको छ भने मङ्सिर २९ गते फाइनल खेल हुने भएको हो । नेपाल पर्यटन बोर्डले प्रतियोगितालाई प्रबद्र्धन गर्ने भएको सचिव सन्तोष गुरुङले जनाउनु भयो । प्रतियोगितालाई सफल पार्न पोखरा वडा नंं २९ को कार्यालयले संरक्षक रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button