सङ्घीयताको सबलीकरणमा मिडियाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सबलीकरणका लागी मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाहको नेतृत्वको प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मङ्गलवार भएको भेटमा मुख्यमन्त्री आचार्यले सङ्घीयतालाई बलियो बनाउने गरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको भन्दै प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरूलाई नागरिक माझ पुर्याउन जोड दिनुभयो ।

भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाहले सार्वजनिक प्रसारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल अगाडि बढेको र आगामी दिनमा पनि प्रदेश सरकारसँग सहकार्य गरिने बताउनुभएको थियो। भेटमा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार बर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्