तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको बताउनुभएको छ। 

बीउसम्बन्धी निर्माण गरिएको सफ्टवेयर देसिस–२ को आज यहाँ शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न सकियो भने यस क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । 

उहाँले बीउ बिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने बताउनुभयो । मन्त्री अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

“सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ”, मन्त्री अधिकारीले भन्नुभयो  । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताउनुभयो । मन्त्री अधिकारीले सफ्टवेयरमार्फत गुणस्तरीय बीउ बिजनमा किसानको सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो । 

विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफ्टवेयर निर्माण गरिएको  हो। यसमार्फत तीनै तहका सरकारबीच बीउबिजन वितरणलाई डिजिटलाइजेसन गरी गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button