तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको डाक्नेश्वरी १ मा जसपा धिरेन्द्र विजयी

सप्तरी । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह जितेका छन् ।

वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले छ सय ५२ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुलिया देवी चौधरीले पाँच सय ८७ मत प्राप्त गरेका हुन। यस्तै नेकपा एमालेका उम्मेदवार भगमानी साहले दुई सय ६५ मत प्राप्त गरी तेस्रो भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिनुभयो ।

उक्त वडामा खसेको १८सय ४५ मत मध्ये ५१ मत बदर भएका छ्न । गए राती नै आएको निर्वाचन परिणाम अनुसार डाक्नेश्वरी वडा नम्बर ४मा पनि जनता समाजवादी पार्टी नेपाल के देवेन्द्र प्रसाद यादवले जितिसकेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button