तपाईँ सुन्दै हुनुहुन्छः

अयुमीको ‘आफैलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायिका अयूमी तामाङको ‘आफैलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ ।

रचना, सङ्गीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उहाँ स्वयम र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गर्नुभएको छ ।

म्युजिक भिडियोमा काठमाडौँ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको जीवन परिवेशलाई समेत समावेश गरिएको छ ।

साथीभाइ र पारिवारिक जमघटमा भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अयुमी पिता गीतकार डाक्टर आशबहादुर तामाङले नेपाली लोक संस्कृति सबै गीत सङ्गीतको आधार भएकाले कुनै स्रष्टाले आफ्नो देश, भेशभूषा, भाषा र संस्कृति भुल्न नहुने सुझाव दिनुभयो ।

अयुमीका बाजे÷बजु चन्द्रबहादुर र धनमाया प्रख्यात लोक गायक÷गायिका हुनुहुन्थ्यो भने पिता डा आशबहादुर तामाङ र माता हेमा पनि लोक स्रष्टाको परिचय बनाउन सफल हुनुभएको छ । नेपालको लोक गीत÷सङ्गीतको संरक्षण र सम्बद्र्धनमा उहाँहरू तीन पुस्ताकै योगदान रहेको छ । गीत÷सङ्गीतको पारिवारिक वातावरण र प्रेरणामा अयूमीले  सिर्जनामार्फत आफ्नो क्षमताको निखार र परिचय अघि बढाइरहनुभएको छ ।

विदेशमा कार्यरत भए पनि नेपाली गीत÷सङ्गीतप्रतिको लगाव र तत्परतालाई  जीवन्त तुल्याउन उहाँका परिवारका अतिरिक्त साथी सङ्गीले समेत प्रेरणा दिइरहनुभएको । उहाँको पछिल्लो सृजनाले त्यस विषयलाई उजागर गरेको छ ।

अयुमीका हजुरआमा धनमायाले ७२ वर्षको उमेरमा गण्डकी प्रदेशमा प्रचलित ठेट, ठाडो तथा ढिला भाकाका दाइँ गीतजस्ता लोपोन्मुख गीत रेकर्ड गरी एल्बम मार्फत सार्वजनिक हुनुभएको थियो । 

त्यसैगरी पिता डा आशबहादुरको रचना र सङ्गीतमा तामाङ सेलो ‘ओई सोल्टीनी’ गत बर्ष सार्वजनिक भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button