जाजरकोटमा ४ बजेसम्म खस्यो ११ हजार २ सय १० मत
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनको मतदानमा ४ बजेसम्म ११ हजार २ सय १० मत खसेको छ ।
बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा नलगाड नगरपालिकाको २४ वटै मतदान केन्द्रमा १० हजार २ सय ६२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी कुशे गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ९ सय ४८ मत खसेको छ । नलगाड नगरपालिका र कुशे गाउँपालिकामा १७ हजार ७ सय ५१ मतदाता रहेका छन् ।
नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ भने कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया राख्नुहोस्