सुर्मा गाउँपालिका-४ मा ११ सय मत खस्यो
बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष पदका जारी मतदानमा हालसम्म ११ सय मत खसेको छ ।
सुर्मा माध्यमिक विद्यालयको क र ख केन्द्रमा मतदान जारी रहेको छ । एमालेबाट विजयी वडाध्यक्ष सर्जन बोहराको निधन भए पछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन भएको हो ।
निर्वाचनका लागि ढुक्कसँग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताउनुभयो । निर्वाचनमा वडाध्यक्षका लागि एमाले, काँग्रेस र माओवादीबाट ३ जना उम्मेदवार छन् । कुल १ हजार ५ सय ५४ मतदाता रहेका छन् । यहाँ १ मतदान केन्द्र र २ मतदान स्थल रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्