स्थानीय तह उपनिर्वाचनका लागि मतदान जारी
स्वामिकार्तिक खापर गाउँपालिकामा १ हजार ४ सय मत खस्यो
बाजुरा I बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनको मतदानमा तीन घण्टाको अवधिमा हजार ४ सय मत खसेको छ ।
बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा गाउँपालिकाका ५ ओटा वडाका ५ वटै मतदान स्थल र ९ ओटा मतदान केन्द्रमा १ हजार ४ सय मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनका लागि मतदान भइरहेको हो । गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमाले बाट सुलोचना भण्डारी बुढा, नेपाली काङ्ग्रेस बाट पुल्तिसरा शाही र एकीकृत समाजवादी बाट जवा शाहीको उम्मेदवारी रहेको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्