तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती

गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढी र छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वडा सम्मका गरी  ३,२०० घरधुरीमा विद्युत् सेवा अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।

नेपाल विद्युत् प्राधिकरण मुगुका प्रमुख साजन ऐडीका अनुसार हाल बाँकेको कोहलपुरदेखि कालिकोटसम्म ३३ केभी क्षमताको विद्युत् प्रसारण भइरहेको छ। तर, कालिकोटदेखि मुगुसम्म ११ केभी क्षमताको लाइन मात्रै भएकाले जाडो मौसममा बढ्दो विद्युत् खपतका कारण दैनिक लोडसेडिङ गर्नुपर्ने अवस्था आएको  हो ।

लोडसेडिङका कारण सरकारी कार्यालय, बजार, गाउँ तथा बस्तीमा सामान्य कामकाज समेत प्रभावित भएका छन्। साना विद्युतीय उपकरण प्रयोग गर्न समस्या भइरहेको छ, जसले गर्दा स्थानीयको जनजीवन झन् कष्टकर बनेको छ। 

प्रमुख ऐडीका अनुसार सुर्खेतमा निर्माणाधीन सबस्टेशन पूरा भएपछि मात्रै यो समस्या समाधान हुनेछ। तर, यो प्रक्रियामा केही समय लाग्ने भएकाले तत्कालका लागि लोडसेडिङको समस्या सहनुपर्ने स्थिति छ।

२०८० भदौमा  राष्ट्रिय प्रसारण लायन  पुगेको भए पनि अनियमित प्रसारणका कारण स्कुले विद्यार्थी साना व्यवसायी,समेत मारमा पर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button