विपद् व्यवस्थापनका लागि समयमै पूर्व तयारी आवश्यक: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् व्यवस्थापनका लागि विपद् सम्बन्धी समयमै पूर्व तयारी आवश्यक रहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा उपलब्ध गराइएको आगलागी नियन्त्रण सम्बन्धी सामग्री , सशस्त्र प्रहरीवल वराहवाहिनि सुनसरी पकलीका प्रमुख एव डिआइजी शम्भु सुवेदीलाई आज बिहान हस्तान्तर गर्नुहुँदै मुख्यमन्त्री कार्कीले विपद सम्बन्धी व्यवहारिक पक्ष कमजोरर भएकाले समयमै पूर्व तयारी नहुँदा विपद्का कारण धनजनको ठुलो क्षति हुने गरेको बताउनुभयो ।
आगलागी, वाढिपहिरो तथा शितलहर जस्ता विपद्को सामना गर्न तिनै तहको सरकारले पहिलेनै आफूलाई तयारी अवस्थामा राख्नुपर्ने उहाँले बताउनुभयो । काेशी प्रदेश सरकारले आम समुदायलाई सहभागी बनाएर विपद् नियन्त्रणका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले आफ्नो सीमित साधन श्रोत प्रयोग गरेर नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीलाई विपद्को समयमा परिचालन हुनेगरि उनीहरूलाई आवश्यक सामग्री प्रदान गर्दे आएको बताउनुभयो । जनताको जिउधनका रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले यो वर्ष शितलहरको बढी सम्भावना रहेकाले त्यसका लागि सोही अनुसारको तयारी गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई तिन करोड रुपैयाँ बराबरका विपद्मा प्रयोग हुने सामाग्री उपलब्ध गराउन लागेको बताउनुभयो ।
सो मन्त्रालयले सशस्त्र प्रहरीवललाई विभिन्न सात प्रकारका १७ लाख १७ हजारको उद्धार सामग्री हस्तान्तर गरेका सो मन्त्रालयका कार्यवाहक सचिव कमलबहादुर थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्