तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ अलार्म नेपाल फुटसलको उपाधि साइनिङ स्टार्सलाई

ललितपुर । अलार्म नेपालद्वारा आयोजित सातौँ संस्करणको जिल्ला व्यापी अन्तर विद्यालय अण्डर–१४ फुटसल प्रतियोगिताको उपाधि साइनिङ स्टार्स सेकेण्डरी बोर्डिङ स्कुल सानेपाले हात पार्‍यो । 

अलार्म नेपालमा आवद्ध रहेका विद्यालयहरूको सहभागितामा मङ्सिर ७ र ८ गते फिल्ड फुटसल सानेपामा आयोजित उक्त प्रतियोगितामा अमर कान्ती स्कुल, लेले दोस्रो, नवप्रभात स्कुल थसिखेल तेस्रो भयो भने किडल्याण्ड स्कुल कुसुन्तीले चौथो हात पार्न सफल भयो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी अमर कान्तीका अन्जन चौलागाई, धेरै गोलकर्ता साइनिङ स्टार्सका दिपेश नेपाली र उत्कृष्ट गोल रक्षक साइनिङ स्टार्सकै अंकित कुमार पटेल घोषित भए ।  

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अलार्म नेपालका अध्यक्ष कन्हैया सिंह कुवरले गर्नुभएको थियो । 

समापन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर महर्जनले यस खेलबाट उत्कृष्ट खेलाडीहरूलाई थप प्रशिक्षण दिँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न अलार्मले गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले खेलाडी उत्पादनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

अलार्म नेपालका अध्यक्ष कुँवरले कार्यक्रममाथि प्रकाश पार्दै अलार्मले गर्दै आएका विविध गतिविधिको बारेमा जानकारी दिनुभयो । 

कार्यक्रममा प्याब्सन केन्द्रका उपाध्यक्ष आशिष श्रेष्ठ, सचिव रविन्स शर्मा र सल्लाहकार विमल थापा सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button