तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनाको मर्म छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुराएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न निर्देशन दिनुभएको हो ।

यसैगरी मन्त्री यादवले बाढीपहिरोले क्षति गरेका खानेपानीका आयोजनाको पुनर्निर्माण लगायत कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्थाका लागि आफूले पहल गरिरहेकाले हाललाई पानी आपूर्ति सहज गराउनतर्फ सबै क्षेत्रबाट लाग्न आग्रह गर्नुभयो ।

बाढीपहिरोले देशभरिमा एक हजार छ सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको खानेपानी मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोले ६ अर्बभन्दा बढी क्षति भएको तथा एक हजार छ सय १६ आयोजनामा क्षति पुगेको एवं कम्तीमा पनि २५ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा असर पारेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button